प्रदर्शन सहित मोर्चाले सप्तरीमा प्रहरी चौकी जलायो

58

सप्तरी, मंसिर–७
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीमा प्रर्दशन सहित प्रहरी चौकी जलाएको छ । सप्तरीको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको आक्रोशमा आन्दोलनकारीले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका हुन् । सप्तरीको कोलाडी बसाइन– १ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए । शनिबार रातिदेखि तनाव रहेको सप्तरी आज बिहानबाट पुनः ठाउँठाउँमा प्रदर्शन सुरु भएको छ । सदरमुकाम राजविराजमा आज बिहानदेखि आन्दोलकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको मोर्चाले जनाएको छ । सप्तरी प्रशासनले सदरमुकाम राजविराज तथा पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।

Womui
Womui