छठ पर्वमा राष्ट्रपति भण्डारीको शुभकामना

222

काठमाडौं, मंसिर १–
राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा शुभकामना दिएकी छन् । शुभकामना दिदै उनले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम हुने विश्वास गरेकी छन् । शुभकामना सन्देशमा भण्डारीले सूर्य देवता र छठीमाताको पूजाआराधना गरी मनाइने छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि आपसी सद्भाव, एकता र प्रगतिका लागि कामना गरेकी छन् ।

Bidhya Bhandari

‘संविधानको प्रभावकारी कार्यान्वयनका साथ समृद्ध राष्ट्र निर्माण गर्न हातेमालो गर्दै अगाडि बढ्न छठ पर्वले प्रेरणा देओस्,’ शुभकामना सन्देशमा भनिएको छ । यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनका माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने तथा खुसी एवम् मनोरञ्जन साटासाट गर्ने अवसर जुटाई राष्ट्रिय एकता र समाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पु¥याउने राष्ट्रपतिको विश्वास छ ।

Womui
Womui