अनुगमन नहुँदा कालोबजारी बढ्यो

231

नेपालगन्ज, मंसिर १–
सेतुविक चोकस्थित सना किराना पसलका फिरोज अन्सारीले डिलरबाटै खाद्यान्न सामग्रीको मूल्य बढेर आएको बताए । ‘केही खाद्यान्नमा बजार मूल्यदर (एमआरपी) उल्लेख छ, केहीमा छैन,’ उनले भने, ‘डिलरबाटै सामग्रीको मूल्य बढेकाले हामी पनि बढाउन बाध्य भयौँ ।’ नेपालगन्ज, राँझास्थित सानु किराना पसलका सञ्चालक सानु बर्माले डिलरले दसैँपछि र तिहारअघिबाट किराना र खाद्यान्न सामग्रीमा मूल्य बढाइएको बताए । ‘भारतीय उत्पादित सामग्रीमा मूल्य बढेको छैन तर नेपालमा उत्पादित सबै खाद्य सामग्रीको मूल्य बढ्यो,’ उनले भने, ‘कम्पनीले बढाएको हो वा होइन, थाहा छैन तर डिलरबाट डिलरबाट बढेर आएको छ ।’

kirana pasal

वाणिज्य कार्यालय, नेपालगन्जका निमित्त प्रमुख पूर्णभद्र घिमिरेले बजारमा तिहारअघिदेखि खाद्यान्नको मूल्य आकासिएको बताए । दसैंदेखि दुई दिनको फरकमा बजार अनुगमन गरेको बताउँदै उनले किराना पसलमा खाद्यान्न सामग्री बढेको र त्यसमा कलोबजारी भएको गुनासो नआएको बताए । ‘केही खाने तेल र खाद्यान्नमा बजार मूल्य दर (एमआरपी) उल्लेख गरेको पाइएको छ,’ उनले भने । बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक भने बजार अनुगमनका क्रममा खाद्यान्न सामग्रीमा मूल्य बढाएको भेटिएको बताउँदै यसको मुख्य कारण तराई बन्द र भारतीय नाकाबन्दी भएको बताउँछन् । एमआरपी नलेखिएको सामानको हकमा मूल्यसूची राख्न निर्देशन दिइएको उनले बताए । ’बजार अनुगमन भइरहेको छ, बजार मूल्य दर नभएका वस्तुको हकमा मूल्यसूची नटाँसे कारबाही गर्न सचेत बनाएका छौँ ।’ आजको नागरिकमा खबर छ ।

Womui
Womui