बरिष्ठ पत्रकार लम्साल रहेनन्

110

काठमाडौं, कात्तिक २५—
बरिष्ठ पत्रकार शक्ति लम्सालको ८० वर्षको उमेरमा निधन भएको छ । एमाओवादी तथा नेकपा—माओवादीका केन्द्रीय सल्लाहकार लम्सालको गएराती निनधन भएको हो । उनी निमोनिया रोगबाट पीडित थिए । लम्सालको शवलाई श्रद्धाञ्जलीका लागि एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । त्यसपछि अन्येष्टिका लागि पशुपति आर्यघाट लगिनेछ ।

ddd

गएराति ९:४० बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको निधन भएको हो । निमोनियाले गाह्रो पारेपछि गत शुक्रबार उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । पञ्चायत कालदेखि पत्रकारितामा सक्रिय उनले राष्ट्रिय पत्रकारिता पुरस्कार पाएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Womui
Womui