खाद्य अधिकारको ख्याल गर्न सरोकारवालाको आग्रह

38

नेपालगन्ज, कात्तिक–२२
खाद्य अधिकारको ख्याल गर्न सम्वद्ध सरोकारवालाले सरकारसँग आग्रह गरेका छन् । जल, जमिन र जंगलमाथिको अधिकारका विषयमा फियान नेपालले नेपालगन्जमा आयोजना गरेको जिल्लास्तरिय अभिमुखिकरण कार्यक्रमको समापनका अवसरमा बोल्ने सरोकारवालाले यस्तो बताएका हुन् । मुलुक कृषि प्रधान देश भएपनि किसानहरु खाद्य अधिकारबाट बन्चित हुनु परिरहेको औल्याए । फियान नेपालका अध्यक्ष डा. सरराज खड्काले पछिल्लो समयमा खाद्य अधिकारको हनन चरम रुपमा भएको बताए ।

photo 1

यो अवस्थालाई लामो समय सम्म नराख्न सम्वद्ध निकायको ध्यानाकर्षण गराए । सो अवसरमा खाद्य अधिकार सञ्जालका क्षेत्रीय अध्यक्ष एवम् केन्द्रिय सदस्य धर्मलाल रोकाय, फियान नेपालका कार्यक्रम संयोजक युवराज कोईराला, अभिमुखिकरणका सहभागि होमराज कुर्मी, कुसुमा सुवेदी लगायतले बोलेका थिए । अभिमुखीकरणमा गैससकर्मी, कानुन व्यवसायी, पत्रकार, नागरिक समाज, खेलाडी, समाजसेवी लगायत गरी करिव ३० जना सहभागि भएका थिए ।

Womui
Womui