परनिर्भरताले नाकाबन्दीको सामना गर्नुप¥यो: नेपाल

127

नेपालगन्ज, कात्तिक २२–
नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले भारतमाथिको एकतर्फी परनिर्भरताका कारण अहिले नाकाबन्दीको सामना गर्नु परेको बताएका छन् । एमाले बाँकेले आइतबार गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले अन्र्तराष्ट्रिय पारवहन अधिकारबाट बन्चित नगर्न आग्रह गरे । ‘सार्वभौम, स्वतन्त्र राष्ट्र नेपालले आफ्ना लागि आफै निर्णय लिने भएकाले के, कहिले, कसरी गर्छ त्यो नेपाली जनतामा निहित छ,’ पुर्व प्रधानमन्त्री नेपालले भने, ‘हामी भारतको आदेश मान्ने होइन, हप्काएर केही हुदैन ।’ पुर्व प्रधानमन्त्री नेपालले नेपालका सिमित दलका नेतासँगको सम्बन्धमा नेपाल–भारतबीचको वर्षौ देखिको सम्बन्ध नबिगार्न भारतलाई आग्रह समेत गरे ।

madhav

उनले भने– ‘भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी तत्काल फिर्ता लिई भारतीय सीमामा रोकिराखेका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीको सहज पारिदिन अनुरोध गरे । करिव ८५ दिनदेखि मधेस आन्दोलन र त्यसले सिंगो राष्ट्रलाई पारेको नकारात्मक प्रभावप्रति नेपालले चिन्ता ब्यक्त गरे । मधेस आन्दोलनको कडा विरोध गर्दै उनले भने– ‘खुला बहस र छलफल गर्न हामी तयार छौ, तपाईहरु कसैको बहकाउमा नलाग्नुहोस् । कागले कान लग्यो भन्दैमा कागको पछि नभाग्नुस् ।’

Womui
Womui