विराटले एकपक्षीय रुपमा खारेज गर्‍यो आयल निगमसँगको सम्झौता

39

काठमाडौं, कात्तिक २२

विराट पेट्रोलियमले नेपाल आयल निगमसँग भएको सम्झौता एकपक्षीय रुपमा खारेज गरेको छ। बिराटले एक विज्ञप्ति जारीगरी नेपाल आयल निगमसँग भएको सम्झौता खारेज गरेको जनाएको हो। विराटलाई इन्धन आपूर्ति ठेक्का र त्यसबापत २० करोड रुपैयाँ अग्रिम भुक्तानी दिने नेपाल आयल निगमको निर्णय बारे व्यवस्थापिका संसदका दुई बेग्ला बेग्लै समितिले छानबिन अघि बढाएपछि विराटले सम्झौता एकपक्षीय रुपमा तोडेको हो। विराटले निगमबाट लिएको अग्रिम रकम शतप्रतिशत बैंक ग्यारेन्टीमा भएकाले त्यसबाट आयल निगम सुरक्षित रहेको दाबी गरेको छ।

Womui
Womui