सामान्य विववादमा गोली चल्दा एक घाइते

46

रुपन्देही, कात्तिक २२

जिल्लाको देवदहस्थित खैरेनीमा सामान्य विवाद हुँदा चलेको गोली लागि एक युवक घाइते भएका छन्। स्नुकर खेलिरहेको बेला स्थानीय नारायण बस्नेतमाथि सालिग्राम चपागाइँले गोली प्रहार गर्दा बस्नेत घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस्नेतको दाँहिने तिघ्रामा गोली लागेको छ। देवदह ६ का २५ वर्षीय घाइते बस्नेतको लुम्बिनी अञ्चल अस्पतालले थप उपचारको लागि भरतपुर रिफर गरेको छ। घटनालगत्तै पुगेको प्रहरीले चापागाइँलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

त्यहाँ रहेका प्रत्यक्षदर्शीका अनुसार सामान्य विवाद हुँदा चपागाइँले बस्नेतमाथि गोली प्रहार गरेका थिए भने प्रहरीले घटनास्थलबाट ९ एमएमको पेस्तोलको खोका बरामद गरेको छ।

Womui
Womui