मोटरसाइकल र एम्बुलेन्स ठक्कर खाँदा एकको मृत्यु

45
चितवन, कात्तिक २२
भरतपुरस्थित मिलन चोकमा मोटरसाइकल र एम्बुलेन्स ठक्कर खाँदा एकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।  गएराति करिब १०ः३० बजे भएको उक्त दुर्घटनामा परी भरतपुर उपमहानगरपालिका– ८ बस्ने २२ वर्षीय लक्ष्मण सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मोटरसाइकलमा सवार उनलाई अस्पताल लैजानेक्रममा बाटोमै मृत्युभएको प्रहरीले जनाएको छ। भरतपुरबाट टाँटीतर्फ जाँदैगरेको ना२च ३३४९ नम्बरको एम्बुलेन्स र विपरीत दिशातर्फ गइरहेको ना२३प १३२८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका भरतपुर– ८ निवासी २० वर्षीय राजकुमार भट्टको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ। अस्पतालमा बिरामी पु¥याएर फर्कंदैगरेको एम्बुलेन्स र मोटरसाइकल दुर्घटनामा परेको हो।
Womui
Womui