माथिको निर्देशन भन्दै बनथरा डिपोबाट १० प्रतिशत तेल

36

धनगढी, कात्तिक १९

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीलाई तेल दिने एकाधिकार पाएको इन्डियन आयल कर्पोरेशनको बनथरा डिपोले माथिको निर्देशन भन्दै कोटाबमोजिम तेल दिन बन्द गरेको छ। डिपोले बुधबारदेखि कोटा विपरीत १० प्रतिशत मात्र तेल दिन थालेको छ। बुधबार र बिहीवार ३/३ ट्याङकर तेल मात्र उक्त डिपोबाट गौरीफान्टा–धनगढी नाका हुँदै नेपाल भित्रिएको छ । बनथरा डिपोले पछिल्लो समयमा परिमाण बढाउँदै लगेता पनि अहिले १० प्रतिशतभन्दा बढी तेल नदिनु भन्ने आदेश आएको भन्दै तेल दिन छोडेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शरद पौडेलले बताए।

केन्द्रबाट मोबाइलमा एसएमएस र इमेलमा प्रत्येक दिन निर्देशन आउने गरेको र सोही निर्देशनमा उल्लेख भएको परिमाणमा तेल दिनु पर्ने बाध्यतामा आफू रहेको बनथरा डिपो प्रमुखले बताएका छन् । निर्देशनभन्दा बढी तेल दिए आफूलाई नै कारवाही गर्ने चेतावनी आउने गरेकाले  आफूले तेल दिन नसकेको बनथरा डिपो प्रमुखलाई उद्धृत गर्दै पौडेलले बताए ।

 

Womui
Womui