फुटबल हेरेर फर्कने क्रममा युवकको रहस्यमय मृत्यु

52
इलाम, कात्तिक १९
फुटबल हेरेर फर्कने क्रममा एक युवकको बुधबार राति अचानक मृत्यु भएको छ । इलामको माईपोखरीस्थित जसबिरेमा सञ्चालित फुटबल प्रतियोगिता हेरेर फर्कने क्रममा इलाम नपा–२ का अन्दाजी ३५ वर्षीय राजकुमार मुखियाको मृत्यु भएको हो । प्रतियोगिता हेरेर राति घर आइपुगेका मुखिया अचानक बिरामी परेपछि इलाम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएको केहीबेरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। विगतदेखि नै मादकपदार्थ सेवन गर्ने गरेका मुखियाले बुधबार पनि मापसे गरेको उनीसँगै गएका साथीभाइको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । मुखियाको मृत्युपछि उनीसँगै गएका चारजनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने मुखियाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ।
Womui
Womui