आगलागीबाट एघार घर जलेर नष्ट

33
लहान, कात्तिक १८
सिरहाको भगवानपुर–९ मा गएराति भएको आगलागीबाट ११ वटा घर जलेर नष्ट भएका छन्। भगवानपुर–९ निवासी रामकिसुन यादवको घरबाट राति ११ बजे सल्केको आगोले रामकुमार यादव र शिवनारायण यादवको फुस र बाँसको टाटीले बनेको ११ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट घरमा रहेका सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब रु २२ लाख बराबरको क्षति भएको जनाइएको छ । स्थानीयबासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा राति नै आगलागी नियन्त्रणमा लिइएको थियो।
Womui
Womui