नियम मिच्दै भारतद्वारा जोगमनी नाका सिल

97

विराटनगर, कात्तिक १८

भारतले नियम मिच्दै एकपक्षीय रूपमा सीमा बन्द गरेको छ। कुनै पनि अन्तर्राष्ट्रिय सीमा बन्द गर्नुपूर्व दुवै देशका सुरक्षा अधिकारीसँग सहमति गरेर मात्र सीमा बन्द गर्नु पर्ने नियम भए पनि भारतले एकतर्फी रूपमा विराटनगर जोगमनी नाका बन्द गरेको छ। भारतले सहमति नगरेरै एकपक्षीय रूपमा ढाट लगायो, आजदेखि एक दिनका लागि सीमा बन्द गर्ने सहमति भएको थियो। तर भारतले हिजैदेखि पर्सीसम्मका लागि भनेर सीमा बन्द गर्‍यो,’ विराटनगरस्थित रानी भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र ढुंगानाले भने। ढुंगानाका अनुसार पर्सीदेखि मात्र ढाट खोल्ने भारतीय पक्षले बताएको छ। यद्यपि सीमा नाकमा पैदल यात्रुलाई कुनै रोक लगाइएको छैन।

Womui
Womui