रुपैडिहा नाका खुल्यो

56

नेपालगन्ज, कात्तिक १७

सोमबार बिहानदेखि सवारी साधनको आवत जावतमा भारतीय सीमा सुरक्षा बलले लगाएको रोक मंगलबार बिहानदेखि हटेको छ। नाका सुचारू भएसँगै नेपालगन्ज रूपैडिया नाकाका दुबै तर्फ रोकिएका मालबाहक सवारीहरूको आवत जावत सुरू भएको छ। माथिको आदेश भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले सोमबार बिहान पौने ११ बजेदेखि चार पाङग्रे सवारी साधनका अतिरिक्त रिक्सा टाँगा र मोटर साइकलको आवत जावतमा रोक लगाएको थियो । सीमा नाका पुनः सहज भएपछि सीमावर्ति क्षेत्रमा रोकिएका सबारी साधनहरु आबश्यक प्रकृया पुरा गरी पुनः आ आफ्नो गन्तब्य तर्फ जान शुरु गरेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी नायब निरीक्षक बिष्णु गिरीले बताए। सीमामा अबरोध नहुँदा नेपालगन्ज रुपैडिया नाकाबाट दैनिक १ सय ५० सम्म ठूला मालबाहक सबारी साधन र ५० वटा जति साना चारपाङग्रे सबारी साधन सीमावारपार हुने गर्छन्।

Womui
Womui