विरगन्ज नाका आन्दोलनकारीको नियन्त्रणमा, भारतीय भूमि प्रयोग गरी ढुंगा प्रहार

172
विरगन्ज, कात्तिक १६
आन्दोलनकारीले विरगन्ज नाका नियन्त्रणमा लिएका छन् । बन्द भएको ४० दिनपछि प्रहरीले नाका आज बिहान खोलेपनि आन्दोलनरत तराई मधेस केन्द्रीत दलका कार्यकर्ताले नाका पुनः नियन्त्रणमा लिएका हुन् । अहिले नाकामा आन्दोलनकारीहरुले जुलुस गरिरहेका छन् भने टायर बालेर प्रर्दशन पनि गरिरहेका छन् । यसैबीच स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड गोली चलाएको छ भने तीन/चार सयको सङ्ख्यामा रहेका आन्दोलनकारीले भारतीय सीमा प्रयोग गरी ढुंगा प्रहार गरिरहेको पर्साका एसपी राजुबाबु श्रेष्ठले जानकारी दिए ।
Womui
Womui