नाका परिवर्तन गरेर नेपाल आउँदै गरेका कन्टेनरलाई भारतले रोक्यो

54

काठमाडौं, कात्तिक १६

नेपाल आउन नाका परिवर्तन गरेर पूर्व पुगेका मालवाहक कन्टेनरलाई पनि भारतीय सीमा सुरक्षा बलले रोकेको छ । मधेस केन्द्रित दलको आन्दोलनका कारण अन्य नाकाबाट आउन नसकेका कन्टेनर बाटो परिवर्तन गरेर काँकडभिट्टा हुँदै ल्याउन लागिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीम अधिकारीका अनुसार बाटो तथा नाका परिवर्तन गरेर आएका मालवाहक कन्टेनरलाई समेत भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतपट्टि नै रोकेर राखेको छ । अधिकारीले करिब पाँच किलोमिटर लाममा रहेका मालवाहक सवारीसाधनको पछाडिपट्टि अन्यत्र नाकाबाट बाटो परिवर्तन गरेर ल्याइएका सामान बोकेका सवारीसाधन रहेको बताए । उनले भने, ‘विराटनगर तथा वीरगन्ज भन्सार जान नसकेका सवारीसाधन यहाँको सीमावर्ती भारतीय बजार पानीट्यांकीमा आएर थन्किएका छन् । एसएसबीले ती सवारीसाधन नेपाल आउन दिएको छैन ।’ सामान्य अवस्थामा आउन लागेको पूर्वीनाकामा दसैंपछि एसएसबीले सामान जाँचमा कडाइ गरेको प्रमुख भन्सार अधिकृत अधिकारीले बताए । एसएसबीले रोकेर राखेका मालवाहक कन्टेनरमा तेस्रो देशबाट आयात गरिएका सामानसमेत रहेको जानकारी अधिकृत अधिकारीले दिए । उनले भने, ‘दसैंअघिसम्म सामान्य अवस्थामा आइसकेको यो नाकामा अचानक भारतीय पक्षबाट कडाइ गर्न थालियो। तेस्रो देशबाट आयात गरिएका सयौं कन्टेनरसमेत भारतले रोकिदियो ।’

 

Womui
Womui