उपभोक्ता समिति गठन गर्न जिल्ला विकास समितिको निर्देशन

33

भगीरथ अवस्थी
बैतडी, कात्तिक १५
जिल्ला विकास समितिबाट चालू आर्थिक वर्षमा सञ्चालन हुने योजना सम्पन्न गर्नका लागि उपभोक्ता समिति गठन गर्ने कार्य सुरु गरिएको छ । उपभोक्ता समिति गठनका लागि योजना कार्यान्वयन हुने सबै गाविसमा पत्राचार गरिसकिएको स्थानीय विकास अधिकारी खेमराज बिष्टले जानकारी दिए १ लाख बढी रकम भएका योजनाको कार्यान्वयनका लागि पत्राचार गरिएको उनले बताए । गत जिल्ला परिषदले पारित गरेका योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न निर्देशन दिइएको हो ।
उपभोक्ता समिति गठन गर्दा गाविसको समाजिक परिचालक वा गाविस कर्मचारीको रहोवरमा गठन गर्ने प्रावधान गर्ने नियम भए पनि धेरैजसो ठाउँमा उपभोक्ताले समिति गठन गर्ने पाइएको जिल्ला विकास समितिका कर्मचारीले गुनासो छ । यसरी गठन भएका उपभोक्ता समितिमार्फत् काम गर्न असजिलो हुने उनीको भनाइ छ । उपभोक्ता समिति गठन गर्दा अध्यक्ष, सचिव र कोषाध्यक्षमार्फत् एकजना महिला अनिवार्य हुनु पर्ने प्रावधान रहेको जिल्ला विकास समितिका नायव सुब्बा वीर सिंह महताले जानकारी दिए । यसरी समिति गठन गर्दा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य रहेको छ । उपभोक्ता समिति गठनका साथ साथै ५ सदस्यीय सुपरीवेक्षण तथा अनुगमन समिति गठन गर्नु पर्दछ । तोकिएको समयभित्र उपभोक्ता समिति गठन नभए जिल्ला विकास समितिले विकल्प खोज्ने प्रावधान रहेको जिल्ला शासन विज्ञ लवराज पन्तले जानकारी दिए । अहिले ४२ ओटा योजना सञ्चालनका लागि उपभोक्ता गठन गर्न पत्राचार गरिएको उनले जानकारी दिए ।

Womui
Womui