लाईन मिच्नेलाई पेट्रोल दिदा बिबाद

153

नेपालगन्ज, कात्तिक १४–
पेट्रोल वितरणका क्रममा नेपालगन्जका विभिन्न पम्पमा विवाद उत्पन्न भएको छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जले नेपालगन्ज र कोहलपुरका विभिन्न पम्पलाई पेट्रोल उपलब्ध गराएपछि पम्पले शनिबार बिहान उपभोक्तालाई वितरण गरेका हुन् । पेट्रोल वितरणका क्रममा लाईन मिचेर सुरक्षाकर्मी, पम्प सञ्चालक लगायतले भर्दा बिबाद उत्पन्न भएको हो ।

विपी चोकस्थित मैंक पम्पमा शनिबार उत्पन्न विवाद ।
विपी चोकस्थित मैंक पम्पमा शनिबार उत्पन्न विवाद ।

2

3

विपी चोकस्थित मैंक ट्रडिङ, भेरी प्राविधिक शिक्षालय अगाडी रहेको कुसुम फिलिङ, कारकाँदोस्थित एसके लगायत पम्पमा बिबाद उत्पन्न भएको थियो । त्यस क्षेत्रमा खटिएको प्रहरीले बिबाद साम्य पारेको हो । अधिकांस पम्पले मोटरसाईकललाई ५ सय र जीप तथा कारलाई एक हजार रुपैयाँको इन्धन दिएका छन् । पम्प सञ्चालकले प्रहरीको सुरक्षा घेरामा इन्धन वितरण गरेका थिए । रुपैडिहा नाकाबाट पेट्रोलको परिमाण कम मात्रामा भित्रिएको र भित्रिएको पेट्रोल मध्ये ७५ प्रतिश काठमाडौंमा पु¥याउँदा अभाव सिर्जना भएको आयल निगमका कर्मचारी बताउँछन् ।

Womui
Womui