पूर्व गृहराज्यमन्त्रीलाई गोली प्रहार गर्न खोज्ने पक्राउ

44

नवलपरासी, कात्तिक १३–

बडहरा दुवौलीया–३ ललितपुरमा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई गोली प्रहार गर्न खोज्ने २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत महाराजगञ्ज ठुटीवारी बस्ने ४२ वर्षीय उज्वल बर्तौला र भारत राजावारी बस्ने ४२ बर्षीय योगेन्द्र पटनवार रहेका प्रहरीकाे केन्द्रीय समाचार कक्षले जनाएकाे छ ।  युपी ५३ ए ९८५६ नम्वरको भारतीय नम्बरको मोटरसाइकलमा आएका उनीहरुले व्यक्तिगत कामको शिलशिलामा त्यहाँ गएका कँडेललाई ६ राउण्ड लोड भएको रिभल्वरबाट गोली प्रहार गर्न खोजेको अवस्थामा स्थानीयवासीको सहयोगमा अंगरक्षक प्रहरी नायव निरीक्षक दीपक घिमिरेले हतियार खोसी दुवै जनालाई नियन्त्रणमा लिएका थिए । उनीहरुले प्रयोग गरेको मोटरसाइकल स्थानीयबासीले आगजनी गरेर क्षति बनाएका छन् ।

Womui
Womui