नाकाबन्दी अन्तराष्ट्रियकरण गर्ने पहल

41

काठमाडौं कात्तिक १०–
सरकारले भारतसँगको पारबहन सुविधाको लागि अन्तराष्ट्रिय समुदायमा ‘कूटनीतिक लविङ’ गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले आफ्ना नियोगहरुलाई इमेल पठाएर भारतले लगाएको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएकोले सबै सुझाव माग गरेको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले विभिन्न देशमा रहेका नेपाली मिसन प्रमुखलाई सामूहिक इमेल पठाएउँदै सुझाव मागेका हुन् । आन्तरिक सर्कुलरमा इन्धन अझै सहज भएन के गर्न सकिन्छ ?, तपाईहरुको अनुभव तथा कूटनीतिक राय सुझाव पठाउन आग्रह गरेको एक राजदूतले जानकारी दिए । कान्तिपुर दैनिकमा समाचार छ ।

Womui
Womui