बैजापुरमा पुरुषको शव भेटियो

30

नेपालगन्ज, कात्तिक ४
बाँकेको बैजापुरमा बुधबार बेलुका एक व्यक्तिको शव फेला परेको छ । बैजापुर–९ धामपुर निवासी ६० बर्षिय कुले रावतको शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज तिलक चन्दका अनुसार रावतको शव बैजापुर गाविस कार्यालय अगाडीको खोलामा बेलुका फेला परेको हो । मुख सुन्निएको अवस्थामा शव फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । मृतकको मुख नचिनिने अवस्थामा रहेका कारण उनका परिवारले पहिचान गरेको स्थानीय बासिन्दा मानबहादुर खड्काले बताए । शवको मुचुल्का तयार गर्ने काम चलिरहेको छ ।

Womui
Womui