२१ कङ्काल भेटियो

47

रसुवा, कात्तिक ३

रसुवाको लाङटाङमा गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण गएको हिमपहिरोले पुरिएर बेपत्ता भएकाहरुको कङ्काल हिउँद लागेसँगै फेला पर्न थालेको छ। पछिल्लो समय २१ जनाको कङ्काल फेला परेको रसुवा प्रहरीले जनाएको अन्नपूर्ण पोस्टमा समाचार छ। बेपत्ता भएका एक सय बढी स्वदेशी तथा विदेशी नागरिक मध्ये पछिल्लो दुई सातामा २१ जनाको कंकाल फेला परेको हो। २१ मध्ये १५ जनाको सनाखत भएको र ६ जनाको सनाखत हुन बाँकी रहेको छ।

Womui
Womui