इन्धन दिन चीनलाई पत्राचार

27

काठमाडौं, कात्तिक ३

सरकारले मुलुकमा देखिएको इन्धन संकट हल गर्न आवश्यक पट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीन सरकारसँग औपचारिक अनुरोध गरेको छ। भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ नेपाल भित्रन नसकेपछी सरकारले विकल्पका रुपमा उत्तरी छिमेकीलाई सडकमार्गबाट पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन अनुरोध गरेको छ।

परराष्ट्र मन्त्रालयले काठमाडाै स्थित चिनियाँ दुतावासलाई तत्कालका लागि इन्धन उपलब्ध गराइदिन लिखित आग्रह गरेको हो। वाणिज्य, अर्थ र पररराष्ट्र मन्त्रालयका अदिकारीहरुबीच भएको उच्चस्तरीय बैठकपछि यस्तो आग्रह गरिएको अन्नपूर्ण दैनिकमा समाचार छ।वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले परराष्ट्र मार्फत चीन सरकारलाई अनुरोध गरिएको बताए।

आइतबार एमाले अध्यक्ष झलनाथ खनालसँगको भेटमा चिनियाँ राजदुत ऊ चिन्ताईले तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ नेपाललाई आपुर्ति गर्न तयार रहेको बताएका थिए। सडकमार्गबाट इन्धन आपुर्तिका लागि भनिए पनि मुख्य दुई नाका तातोपानी र रसुवागढी नाका पूर्णरुपमा संचालनमा आउन नसकेकाले कठिनाइ उत्पन्न हुनसक्ने देखिएको छ।

Womui
Womui