नाकाबन्दी खोल्न अटेरी गरेको एमालेको निश्कर्ष

32

काठमाडौं, कात्तिक २–
नयाँ सरकार गठनपछि पनि भारतले नाकाबन्दी खोल्न अटेर गरेको प्रमुख सत्तारुढ दल एमालेले निश्कर्ष निकालेको छ । भारतले नटेरेका कारण तत्काल सहज वातावरण बनाउन सम्भावना नरहेको एमालेले विश्लेषण गरेको छ । तर, उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा भारत गइसकेकाले उनी फर्किउञ्जेल पर्खेर हेर्ने एमालेले नीति लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आइतबार एमाले स्थायी समितिको बैठकमा मन्त्रीहरुको छनोटबारे नभई भारतीय नाकाबन्दीका विषयमा छलफल भएको थियो ।imgres

नाकाबन्दीका कारण नागरिकको जनजीवन अस्तव्यस्त भएको भन्दै बैठकमा सहभागी एमाले स्थायी कमिटीका नेताहरुले सरकारलाई आवश्यक कदम चाल्न दबाव दिएका छन् । प्रधानमन्त्री केपी ओलीले परराष्ट्रमन्त्री थापा दिल्ली पुगेको र त्यहाँ हुने राजनीतिक भेटको कुनै सन्देश नआएसम्म पर्खनु उपयुक्त हुने बताएको एमाले एक नेताले जानकारी दिए ।

Womui
Womui