कीर्ते गर्नेलाई पनि समान सिट

121

काठमाडौं, कात्तिक ३

नेपाल मेडिकल काउन्सिलले अनुगमनका बेला नक्कली फ्याकल्टी (खडेबाबा) र बिरामी देखाउने मेडिकल कलेजलाई कुनै कारबाही नगरी सिट निर्धारण गरेको छ। आफैंले गरेको अनुगमनका बेला सबैभन्दा बढी खडेबाबा देखिएको कलेज अफ मेडिकल साइन्स भरतपुर र अनुगमनको समयमा वृद्धाश्रमका बिरामी ल्याएर राखेको नेपाल मेडिकल कलेजले समेत अरुसरह सिट पाएको समाचार आजको नागरिक दैनिकमा छ ।

सरकारले चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले गरेको सिफारिस कार्यान्वयन गर्ने गरी त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीसँग भएको सम्झौताका आधारमा असोज १ को मन्त्रिपरिषदले यो वर्ष कलेजहरूलाई अधिकतम १ सय ३५ सिट दिने निर्णय गरेको थियो। ती दुवै कलेजले अधिकतम सिट नै पाएका छन्।

काउन्सिलले गत असोज ५ गते अाफैंले सूचना निकालेर सबै कलेजमा २ सय १२ खडेबाबा भेटिएको रिपोर्ट सार्वजनिक गरेको थियो । ती मध्ये भरतपुर मेडिकल कलेजमा मात्रै ७१ जना खडेबाबा भेटिएका थिए । त्यसैगरी ४६ जना नक्कली फ्याकल्टी भेटिएको सार्वजनिक भएको नोबल मेडिकल कलेज १ सय २५ र ३६ नक्कली फ्याकल्टी भेटिएको युनिभर्सल मेडिकल कलेजलाई भने ९० सिट मात्रै दिएको छ । नोबेल र युनिभर्सल दुवैले गत वर्ष १ सय ५० सिट पाएका थिए ।

Womui
Womui