नेपालमा भारतको नाकाबन्दी सार्कको भावना विपरीतः बंगलादेश

42

काठमाडौं, कात्तिक २

Tofail-Ahmed-Minister-of-Commerceबंगलादेशका एक मन्त्रीले नेपालमाथि भारतले लगाएको नाकाबन्दी चाँडो हटाउनुपर्ने बताएका छन् । बंगलादेशका वाणिज्य मन्त्री टोफेल अहमदले नाकाबन्दी सार्कको भावना विपरीत भएको भन्दै यस्तो  बताएका हुन् । नाकाबन्दीका कारण नेपालको अर्थतन्त्रलाई क्षति पुगेको मात्र नभई समग्र सार्क क्षेत्रकै समृद्धिको सम्भाव्यतालाई आघात पुर्‍याएको उनले उल्लेख गरेका छन् । भारतीय पत्रिका द हिन्दूसित कुराकानी गर्दै बंगलादेशका मन्त्री अहमदले भने-‘नेपालमाथि लक्षित नाकाबन्दी अब दुई देशबीचको द्विपक्षिय मामला मात्र होइन । यसले सार्कका सदस्य राष्ट्रहरुबीच साझा समृद्धिका योजनाहरुलाई अघात पुर्‍याउने सम्भावना छ ।’बंगलादेशबाट टेलिफोनमा कुरा गर्दै उनले भारतले लगाएको नाकाबन्दी दक्षिण एशियाको क्षेत्रीय साझेदारीको भावनाअनुरुप नभएको बताए । नाकाबन्दी प्रकरणलाई बंगलादेशले नजिकबाट नियालिरहेको भए पनि कूटनीतिक कारणले अहिलेसम्म औपचारिक प्रतिक्रिया व्यक्त नगरेको उनको भनाइ छ ।

 

Womui
Womui