फोरम लोकतान्त्रिकका महासचिव यादवको राजिनामा

59

सप्तरी, कात्तिक १
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महासचिव मृगेन्द्रसिंह यादवले राजिनामा दिएका छन् । उनी सहित करिब दुई सय बढी पदाधिकारी तथा नेता एवम् कार्यकर्ताले साधारण सदस्य समेत नरहने गरी आइतबार पार्टी परित्यागको घोषणा गरेका हुन् । महासचिव यादवले राजविराजस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका थिए ।

सीमांकन सहितको संघिय संविधानका लागि सुरु भएको थरुहट–मधेस आन्दोललाई नै समाप्त पार्ने गरी आत्मघाती कदम स्वरुप पार्टी अध्यक्षले केन्द्रीय कार्य समितिलाई कुनै आधिकारिक जानकारी नदिई सरकारमा सहभागिता जनाएको भन्दै पार्टी परित्याग गर्नु परेको उनीहरुले बताएका छन् । गच्छेदार मधेस विरोधी भएको भन्दै पार्टीका केन्द्रीय समिति, जिल्ला समिति, निर्वाचन क्षेत्र, राजविराज नगर समिति तथा गाउँ समितिका करिव दुई सयभन्दा बढी कार्यकर्ताले साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेको यादवले पत्रकार सम्मेलनमा बताए ।

Womui
Womui