ओली नेतृत्वको सरकारमा नौ मन्त्री थपिए

59

काठमाडौं, कात्तिक १
एमाओवादीका सातसहित अन्य दुइ दलबाट दुई जना गरि ९ मन्त्री नयाँ मन्त्रिमण्डलमा थपिएका छन् । बहुजन समाजवादी पार्टीका विश्वेन्द्र पासवान र फोरम लोकतान्त्रिकका रामजनम चौधरी विना विभागीय मन्त्री थपिएका हुन् । नौ जना मन्त्रीले आइतबार नै राष्ट्रपति भवन सित्तल निवासमा राष्ट्रपति डा. रामवरण यादवबाट मन्त्रीपदको सपथ लिइसकेका छन् ।
एकिकृत नेकपा माओवादीका तर्फबाट सरकारको नेतृत्व अन्ततः नेता टोपबहादुर रायमाझीले गरेका छन् । रायमाझी उपप्रधान सहित उर्जामन्त्री र शक्ति बस्नेत गृहमन्त्री भए । यस्तै गिरिराजमणि पोखरेल शिक्षा, उमेश यादव सिचाई, रेखा शर्मा सामान्य प्रशासन, अग्नि सापकोटा वन, गणेशमान पुन आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । मन्त्रीहरु छान्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकले पार्टीका मन्त्री टुंगो लगाउन नसकेपछि तीन दलबाट थप नौ मन्त्रीले सपथ लिए । आइतबारको मन्त्रिपरिषद विस्तारसँगै १३ मन्त्री र एक राज्यमन्त्रीसहित ओली नेतृत्वको मन्त्रिपरिषद २० सदस्यीय भएको छ । एमालेबाट मन्त्रीहरु थपिनै बाँकी छ ।

Womui
Womui