ठुलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रियो

72

नेपालगन्ज, कात्तिक १
भारतले पेट्रोलियम पदार्थको आपुर्ति असहज बनाइरहेका बेला रुपैडिहा नाकाबाट ठुलो परिमाणको पेट्रोलियम पदार्थ भित्रिएको छ । भारतको गोण्डा डिपोबाट ढुवानी गरेर आएका ५० वटा ट्यांकर उक्त नाकाबाट भित्रिएका हुन् । ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार आइतबार दिउँसो ६ ट्यांकर पेट्रोल तथा ३ ट्यांकर डिजल भित्रिएको छ । यसअघि शनिबार राती सोही नाकाबाट ३६ वटा डिजल र ५ वटा हवाई इन्धन बोकेका ट्यांकर भित्रिएका थिए । रुपैडिहा नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थको परिमाण अहिले सम्मकै धेरै हो ।

भारतको रुपैडिहामा लामो समयदेखि रोकिएका ट्यांकर । फाईल तस्बिर
भारतको रुपैडिहामा लामो समयदेखि रोकिएका ट्यांकर । फाईल तस्बिर

ईप्रका जमुनाहाका इन्चार्ज प्रहरी नायव निरिक्षक विष्णु गिरीले भारतबाट इन्धन ढुवानी गरेर आएका ट्यांकर रुपैडिहा नाकाबाट सहज रुपमा भित्रिरहेको बताए । ‘गोण्डाबाट तेल बोकेर आएका ट्यांकर सहज रुपले नेपालगन्ज भित्रिरहेका छन,’ उनले भने ‘गएराती र आज(आइतबार) त भारी मात्रामा भित्रियो ।’  ठुलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रिएका कारण पेट्रोलियम पदार्थको अवाभ विस्तारै कम हुने अपेक्षा गरिएको छ । भारतबाट आयात गरिएको पेट्रोलियम पदार्थलाई नेपाल आयल निगमले नेपालगन्जस्थित डिपोमा भण्डारण गरी जिल्लाका डिलर तथा बाहिर पठाउने गरेको छ ।

Womui
Womui