गाडी ठोक्किँदा निगमको जहाज ग्राउन्डेड

29

काठमाडौं, असोज ३०
हङकङस्थित विमानस्थलमा खाना ओसार्ने गाडीले ठक्कर दिदाँ नेपाल वायुसेवा निगमको जहाज सामान्य दुर्घटनामा परी ग्राउन्डेड भएको छ । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग हालै खरिद गरी ल्याएको १५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको जहाज हङकङ अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने क्रममा शनिबार साँझ सामान्य दुर्घटनामा परको हो । air
उडान भर्नका लागि पार्किङ वे बाट जहाजलाई पुस ब्याक गरिरहेका बेला त्यहाँ खाना ओसार्ने भ्यानले पछाडि भागमा ठक्कर दिएपछि उडान रद्द गर्नुपरेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । उनले भने, ‘जहाजमा सामान्य क्षति पुगे पनि चालकदल र सबै यात्रु सकुशल छन् ।’ जहाजलाई हङकङ विमानस्थलमै ग्राउन्डेड गरिएको शर्माले बताएका छन् । निगमको त्यहाँस्थित मर्मत परार्शदाता कम्पनी हेक्कोका इन्जिनियरले जहाजको निरीक्षण गरिसकेका छन् । जहाजलाई क्याप्टेन विजय लामाको टोलीले उडाएर काठमाडौं ल्याउन लागेको निगमले जनाएको छ ।

Womui
Womui