भारतीय नोट सहित कारोबारी पक्राउ

37

नेपालगन्ज, असोज २९–
भारतीय नोट सहित अवैध कारोबारमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । नेपालगन्जको बसपार्कमा कारोबार गरिरहेको अवस्थामा शुक्रबार दिउँसो पाँच लाख ११ हजार २ सय २० भारतीय रुपैयाँ सहित रुपैडिहाका ३० बर्षिय राहुल जैसवाललाई प्रहरीले पक्राउ गरेको हो ।
क्षेत्रीय अनुसन्धान व्यूरोका प्रमुख, प्रहरी निरिक्षक मधुसुदन न्यौपानेका अनुसार अभियुक्त विरुद्ध अनुसन्धान भइरहेको छ । उनलाई वडा प्रहरीको हिरासतमा राखिएको छ । कारोबार भइरहेको विषयमा प्रहरीले गोप्य सुचना पाएपछि उनलाई नियन्त्रणमा लिन सफल भएको थियो । कानुनी रुपमा मनी चेन्जरले मात्र भारतीय रुपैयाँको कारोबार गर्न पाउँछन् ।

Womui
Womui