छुट्टा छुट्टै दुर्घटनामा ४ को मृत्यु

57

दाङ, असोज २६–
दाङ र कपिलवस्तुको सीमानामा पर्ने धानखोला नजीकै मंगलबार बिहान भएको रात्रिबस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३० जना यात्रु घाईते भएका छन् । कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो भन्ने स्थानमा भएको दुर्घटना भएको थियो । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना५ख २६१० नम्बरको बस बिहान ४ बजेतिर सडकबाट खोल्सामा खसेको हो । प्रहरीका अनुसार अहिलेसम्म मृतकको नाम ठेगाना खुल्न सकेको छैन । तीस जना घाइते मध्ये १० जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । अन्य घाइतेको चन्द्रौटामै उपचार भइरहेको बताइएको छ ।

यसैबीच दाङमा सोमबार राति दुई वटा मोटरसाइकल आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ ।  घोराही बजार क्षेत्रमै रा२प ९९६१ नम्बरको मोटरसाइकल र रा१प ९६०८ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाईकल चालक घोराही ११ का पूर्णचन्द्र पौडेल र घोराही ५ का भुपेन्द्र पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Womui
Womui