कोइरालाको उम्मेदवारीपछि कांँग्रेस सहमहामन्त्रीको राजीनामा

60

काठमाडौं, असोज २३–
प्रधानमन्त्रीका लागि पार्टी सभापति सुशील कोईरालाले पुनः उम्मेदवारी दिएपछि पार्टीका सहमहामन्त्री पुर्णबहादुर खड्काले राजीनामा घोषणा गरेका छन् । तीन दलबीचको एकतालाई कायम राख्दै अगाडि बढ्नु पर्नेमा पार्टीले नै प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएपछि खड्काले सहमहामन्त्री पदबाट राजीनामा घोषणा गरेको उनले बताएका छन् ।

pp

शनिबार सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई भेटी खड्काले आफ्नो असहमति सहित सहमहामन्त्री पदमा नबस्ने जानकारी गराएका छन् । ‘जारी प्रक्रियामा असहमति भएपछि म पदमा बस्ने कुरा भएन,’ खड्काले भने, ‘राजीनामा घोषणा गरेको छु । प्रक्रियमार्फत राजीनामा पत्र पठाउँछु ।’ खड्काले प्रमुख तीन दलबीच एकता तोड्न नहुने अडान राख्दै मधेस लगायतका समस्या समाधान गर्न र नयाँ संविधान कार्यान्वयका लागि संसदको एकता बढी जरुरी रहेकोमा जोड दिदै आएका छन् ।

Womui
Womui