प्रधानमन्त्री उम्मेदवारको मनोनयन दर्ता आज हुने

35

काठमाडौं, असोज २३–
नयाँ सरकार गठनका लागि आज (शनिवार) प्रधानमन्त्रीको मनोनयन दर्ता गरिने भएको छ । विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय गरिएको छ । प्रधानमन्त्री चयनका लागि आइतबार विहान ११ बजे संसदमा मतदान हुनेछ । आजै बिहान बस्ने व्यवस्थापिका संसदको बैठकमा सबै उम्मेदवारले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, सबै उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र सबै उम्मेदवारीलाई प्रस्तुत गर्नेगरी कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन कार्यक्रम अनुसार शनिवार अपरान्ह ४ः ३० बजे उम्मेदवारको दर्ता क्रमअनुसार नामावली प्रकाशित गर्ने र आइतबार विहान ११ बजेको बैठकमा प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।
राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री चयन गर्न दिइएको समय शुक्रबारबाट सकिएपछि बहुमतीय प्रक्रिया अघि बढेको हो । संविधानको धारा २९८ को उपधारा ३ अनुसार बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति डा. रामवरण यादवले ब्यवस्थापिका संसदलाई आहृवान गरेका थिए । नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आहृवान गरेका थिए । तर सहमति नभएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका(संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन राष्ट्रपतिबाट आहृवान भएको थियो ।

Womui
Womui