दाङका खोलामा रहेका कचवे सफाई

61

दाङ, असोज १९–
दाङका विभिन्न खोलामा रहेका कचवे सफाई गरिएको छ । सडक दुर्घटना न्युनिकरण गर्न कचवेमा जमेका लेउ मंगलबार सफाई गरिएको हो । प्रहरी र स्थानीय बासिन्दा संयुक्त प्रयासमा सफाई गरियो । घोराही–लमही सडक खण्डको सिस्ने र बबई खोलामा ट्राफिक प्रहरी र नेपाल प्रहरीले लेउ सफा गरेका छन् । त्यस्तै सेवार, पत्रे, गुज्रे, संक्राम र ग्वारखोलामा विभिन्न प्रहरी युनिटको टोलीले लेउ सफा गरेको छ ।
ग्वार खोलाको लेउ हटाउने कार्यमा हेमन्तपुर प्रहरी चौकी र विजौरी उद्योग वाणिज्य संघका पदाधिकारीको सहभागिता थियो । यस्तै इलाका प्रहरी कार्यालय नारायणपुरको आयोजनामा जिल्लामा कृयाशिल राजनीतिक दल तथा ट्राफिक प्रहरीको सहभागितामा गुज्रे र पत्रे खोलाको लेउ सफा गरिएको छ । कचवेमा जमेको लेउमा चिप्लिएर सवारी साधन दुर्घटना हुने भएकाले लमहीदेखि तुलसीपुर सडकमा पर्ने बिभिन्न खोलाका कचवे सरसफाइ गरिएको प्रहरी उपरिक्षक कुँवेर कडायतले बताए ।

Womui
Womui