भन्सार क्षेत्र निषेधित, रानी भन्सारबाट पेट्रोलियम पदार्थ भित्रिने क्रम बढ्यो

28

विराटनगर, असोज १८

विराटनगरको रानी भन्सारबाट पेट्रोलियम पदार्थ भित्रिने क्रम बढेको छ । अहिलेसम्म यहाँबाट २ वटा ग्यास बुलेट, १४ वटा पेट्रोल र ११ वटा डिजेलका ट्यांकर नेपाल भित्रिएको रानी भन्सारका प्रमुख कृष्ण बस्नेतले बताए।

‘बाटो क्लियर भइसकेकोले क्रमश गाडीहरू नेपाल भित्रने क्रममा छन्। धेरै लामो लाइन छ, पेट्रोलियम पदार्थ बाहेकका अन्य गाडीहरू धेरै नै भित्रिरहेका छन्। अहिलेसम्म ३७ वटा वटा कच्चा पदार्थ बोकेका गाडी नेपाल भित्रीसकेका छन्,’ बस्नेतले भने।

गएराति प्रहरीले बल प्रयोग गरी भन्सारको दुई नम्बर घाटमा बसेका मोर्चाका कार्यकर्तालाई हटाएको थियो। ‘अहिले बाटो क्लियर छ, गाडी विस्तारै पास हुँदैछ,’मोरङ प्रहरीका एसपी तारणीप्रसाद लम्सालले भने,‘ आन्दोलनकारीका लागि भन्सार क्षेत्र निषेधित छ।’

Womui
Womui