नाकको सट्टा टाउकोको अप्रेसन गरी भाइलाई मारेको बताउँदै अस्पतालमा प्रदर्शन

35
चितवन, असोज १८
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल तनावग्रस्त बनेको छ ।
पिनासको उपचारका लागि अस्पताल भर्ना भएका बाँसगढी ८ बर्दियाका ३४ वर्षीय माधवप्रसाद बरालको हिजो मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरुले अस्पतालमा प्रदर्शन हुन् । अस्पतालले नाकको अप्रेसन गर्ने भनि टाउकाको अप्रेसन गरी भाइलाई मारेको मृतकका दाजु पुन्यप्रसाद बरालले जानकारी दिए । समस्या समाधानका लागि अस्पतालसँग वार्ताको तयारी भइरहेको छ । अस्पताल परिसरमा मृतकका बाबु आमा, श्रीमती र २ छोराहरुले अनसन शुरु गर्ने तयारी गरेका छन् ।
Womui
Womui