फोरम लोकतान्त्रिकका अध्यक्ष लोनियासहित तीन पक्राउ

134

नेपालगन्ज, असोज १७–
फोरम लोकतान्त्रिक बाँकेका अध्यक्ष हिरालाल लोनिया सहित तीन जनालाई प्रहरीले जमुनाहाबाट पक्राउ गरेको छ । मधेसी मोर्चाको तर्फबाट नाकाबन्दी कार्यक्रम अन्तर्गत आन्दोलन गरिरहेको अवस्थामा आइतबार बिहान साढे ९ बजेतिर लोनिया सहित फोरम उपाध्यक्ष मिस बाहुल हक अन्सारी र जिल्ला सदस्य राजकुमार बर्मालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई अहिले पुष्पलाल चोकस्थित दंगा नियन्त्रण प्रहरी गणमा राखिएको छ ।

नेपालगन्जस्थित जमुनाहा क्षेत्र ।
नेपालगन्जस्थित जमुनाहा क्षेत्र ।

ईलाका प्रहरी कार्यालय जमुनाहा ईन्चार्ज प्रहरी नायव निरिक्षक विष्णु गिरीका अनुसार नेपाल–भारत सिमाक्षेत्र दसगजाबाट करिव ५० मिटर वारी नेपाली भूमिमा बसेका उनीहरुले सवारी साधनमा अवरोध पु¥याउन खोजेपछि नियन्त्रणमा लिइएको हो । पक्राउपछि प्रतिक्रिया दिदै फोरम लोकतान्त्रिकका अध्यक्ष लोनियाले भने, ‘नाकाबन्दी गरेपनि, आन्दोलन गरेपनि आफ्नै भूमिमा गर्नुपर्छ भन्ने मान्यताले गर्दा हामीहरु जमुनाहामा थियौं, त्यसै क्रममा प्रहरीले हामीलाई पक्राउ गरिहाल्यो ।’ उनले भारतको गुलाम गर्नेहरु सिमापारीबाट आन्दोलन गर्ने गरेको तर आफुहरुले निडरका साथ स्वदेशी भूमिमै बसेर गिरफ्तारी दिएको बताए ।

नेपाल-भारत दसगजा वारी तैना नेपाल प्रहरी ।
नेपाल-भारत दसगजा वारी तैना नेपाल प्रहरी ।

भारतीय भूमिमा आन्दोलन गर्न नहुने अडान राख्दा लोनियामाथि शनिबार संघिय समाजवादी फोरम नेपालका स्थानीय नेता राजेन्द्र बिश्वकर्माले प्रहरीको ऐजेण्ट भएको आरोप लगाएका थिए, भने प्रत्युतरमा लोनियाले भारतीय भूमिमा आन्दोलन गर्नेहरुलाई भारतीय दलालको संज्ञा दिएका थिए । आइतबार भने मोर्चाको अर्काे समुह नेपालगन्ज नाकामा उपस्थित नभएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । नेपालगन्ज नाकामा वारीबाट कुनै अवरोध नभएपनि पारीबाट आइतबार कुनैपनि मालबाहक ट्यांकर तथा ट्रक भित्रिएका छैनन् ।

Womui
Womui