राप्रपा नेपालका महामन्त्री गुरूङ रहेनन्

69

काठमाडौं, असोज १७–
राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको उपचारका क्रममा अमेरिकामा निधन भएको छ । नेपाली समय अनुसार गएराती ८ बजे अमेरिकाको कोलोराडोमा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर पीडित थिए । गुरुङको निधन भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्वीटर मार्फत सार्वजनिक गरेका हुन् । ६१ वर्षीय गुरूङका १ छोरा एक छोरी र श्रीमती छन् ।
timthumb

यसैबीच राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादनको आकस्मिक बैठक अहिले बिहान पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भएको छ । २०१२ सालमा स्याङ्जाको पञ्चमुल सिरुवारीमा जन्मेका गुरुङ पञ्चायतकालमै अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र नेपाल युवा संगठनको सभापति बनेका थिए । राप्रपा स्थापना हुँदा त्यसको केन्द्रीय सदस्य रहेका गुरुङ राप्रपा नेपालको महामन्त्री बने । पहिलो संविधानसभामा राप्रपा नेपालको संसदीय दलका नेता रहेका गुरुङ दोस्रो संविधानसभा निर्वाचन भने स्याङजा–१ बाट पराजित भएका थिए ।

Womui
Womui