धादिङमा ट्रिपर पल्टिँदा चारको मृत्यु

25

धादिङ, असोज १५
ट्रिपर पल्टिँदा धादिङको महादेवबेसी बजारमा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते छन् । रोकिराखेको हाइसमा ठोक्किएर ट्रिपर पल्टिएको हो । महादेवबेसी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार हुमागाइको दुर्घटनामा मृत्यु भएको छ । अन्य मृतकको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Womui
Womui