युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले दिए राजीनामा

116

काठमाडौं, असोज १४

purushotam_poudel-copyयुवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । राजीनामा नदिए कारबाही गर्ने चेतावनी प्रधानमन्त्री सुशील कोइरालाले दिएपछि पौडेलले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामा बुझाएका हुन् । अख्तियारले पदीय दुरुपयोग गरेको भन्दै मन्त्री पौडेल र ऊर्जा मन्त्री राधा ज्ञवालीलाई बर्खास्त गर्न प्रधानमन्त्री कोइरालालाई केही दिन अघि निर्देशन दिएको थियो । मन्त्री पौडेलका स्वकीय सचिव कृष्ण खनालले राजीनामा पुष्टि गर्दै अख्तियारको निर्देशका कारण राजीनामा दिनु परेको बताए । त्यस्तै प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले पनि मन्त्री पौडेलले राजीनामा दिएकोबारे पुष्टि गरेका छन् ।

Womui
Womui