अमेरिका बसाइँ जानेका लागि खुसीको खबर

123

काठमाडौं, असोज १४

 

अमेरिका बसाइँ जानेका लागि खुसीको खबर अमेरिकी सरकारले दिएको छ । बिहीबारदेखि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम फारम खोलेर त्यहाँ जान चाहनेका लागि खुसी खबर दिएको हो । अमेरिकी सरकारले www.dvlottery.state.gov मा गएर इलेक्ट्रोनिक डाइभर्सिटी भिसा आवेदन फारम भर्न सक्ने बताउँदै  डिभी भर्न पैसा नलाग्ने भएकाले आवेदन भर्दा कन्सल्टेन्सीको सहयोग नलिन आग्रह गरेको छ। आज बिहीबारदेखि कात्तिक १७ गतेसम्म डिभी आवेदन फारम भर्न सकिने अमेरिकी दूतावासले जनाएको छ ।

dv‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, दूतावासले भनेको छ, ‘सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ आफैं जिम्मेवार रहनुहुनेछ।’ २०१७ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन अनलाइनमार्फत दर्ता अवधिभित्र पेश गर्नुपर्नेछ । आवेदन फारम दर्ता गर्दा आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचितअनिवार्य रुपमा गर्नु पर्ने छ । दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्नेछ। यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो। आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि सेयर नगर्न अमेरिकी दूताबासले आग्रह गरेको छ। आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ। तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेलमार्फत् सूचित गरिने छैन। तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन २०१५ मे ५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर राखी जाँच गर्नु पर्नेछ ।

 

Womui
Womui