नाका केन्द्रित आन्दोलनमा बसेकालाई भारतीय संस्था श्रीराम सेवाद्वारा खानेकुरा सहयोग

47

गौर, असोज १४

गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ । बिहीबार आठौं दिन तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेका बेला  सीमावर्ती भारतीय बजार बैरगनियाको जय श्रीराम सेवा संस्थाले यादव नेतृत्वको अनसनकारीलाई स्याउ, केरालगायतका फलफूल र पानी, जुसलगायतका पेय पदार्थहरु सहयोग गरेको हो । खानेकुरा दिँदै श्रीराम सेवा संस्थाका प्रतिनिधिहरुले मोर्चाको धर्नामा आफूहरुको सहयोग रहने बताएका थिए । यसअघि पनि मोर्चाको आन्दोलनमा सहभागीहरुलाई भारतीय नागरिकहरुले खाना र खाजा खुवाउने गरेको खबर सार्बजनिक भएको थियो । यसैबीच मधेसी मोर्चाको धर्नाका कारण बिहीबार पनि गौर भन्सार नाका ठप्प भएको छ ।

Womui
Womui