भूकम्पको माैका छोपी भागेका कैदीद्वारा व्यापारी अपहरण !

56

काठमाडौं, असोज १४

१२ वैशाखको भूकम्पमा सिन्धुपाल्चोकको जेलबाट भागेका एक कैदीले व्यापारीलाई अपहरण गरी फिरौती असुलेको खबर आजको नयाँ पत्रिकामा छ । सिन्धुपाल्चोकको ठूलो धादिङ घर भएका ४२ वर्षीय माइला भन्ने भन्ने सोमबहादुर लामा तामाङले भक्तपुरका फर्निचर व्यवसायी हरिकृष्ण सिन्ताकलाई अपहरण गरेर फिरौती असुलेका हुन् ।  गत २९ भदौमा फर्निचर मगाएर पैसा लिन बोलाई लामासहितको समूहले नारायणटारस्थित डेरामा बन्धक बनाई लुटपाट गरेका हुन् । घटनाको दुई सातापछि लामा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धले लामालाई मंगलबार पक्राउ गरेको हो । बौद्ध वृत्तका प्रमुख डिएसपी नरहरि रेग्मीका अनुसार लामाको समूहले हरिकृष्णको फर्निचर पसलबाट साढे दुई लाख रुपैयाँ बराबरको रेडिमेड फर्निचर किन्ने डिल गरेको थियो ।

Womui
Womui