दैनिक उपभोग्य वस्तुमा कालोबजारी नगरौः नेपालगन्ज उद्योग वाणिज्य संघ

167

नेपालगन्ज, असोज १३
दैनिक उपभोग्य वस्तुमा कालो बजारी नगर्न नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्ति निकाल्दै संघले दैनिक उपभोग्य वस्तुमा कालो बजारी भएको, अखाद्य वस्तु बिक्री वितरण भएको र उक्त वस्तुमा अनुचित मूल्य व्यापारी लिने गरेको समाचार पत्रपत्रिकामा आएकोले संघको ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको हस्ताक्षरित विज्ञप्तिमा चाडपर्वको पूर्व सन्ध्यामा छिमेकी राष्ट्र भारतले गरेको अघोषित नाकाबन्दीले दुःखी तुल्याएको उल्लेख गर्दै यस समयमा उद्योगी, व्यवसायीले व्यवसायिक आचार संहिता नबर्सेर सामाजिक जिम्मेवारीप्रति सचेत रहन आग्रह गरिएको छ । चाडपर्व नजिकिएकाले उपभोग्य वस्तुको माग अत्यधिक बढ्ने समयमा व्यवसायीलाई उपभोग्य वस्तुको अनावश्यक रुपमा सञ्चित नगर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
छिमेकी राष्ट्रले गरेको अशोभनीय व्यवहारले देशमा गएको विनाशकारी भूकम्पले दिएको घाउ निको हुन नपाउँदै बल्झिएको विज्ञप्तिमा उल्लेख गर्दै छिमेकी राष्ट्र भारतसँग नेपाल सरकारले कुटनीतिक पहल गर्नुका साथै आन्दोलनरत राजनीतिक दलसँग सार्थक वार्ता गरी समस्या समाधान गर्न माग गरिएको छ भने आन्दोलनरत दललाई देशको आन्तरिक मामिला वार्ताबाटै समाधान गरी नाका केन्द्रित आन्दोलन नगर्न आग्रह गरिएको छ ।

press note

Womui
Womui