दुई देशका व्यापारीको सहमतिपछि सुनौली नाका खुल्यो

39

भैरहवा, असोज १३

नेपाल-भारतको सुनौनी नाका खोल्न सहमति भएको छ। आज (बुधबार) नेपाल र भारतीय व्यापारीहरुको सहमति पछि सुनौली नाका खुल्ने भएको हो । दुई देशका व्यापारीले नाका खोल्ने सहमति गर्दै यदि नाका बन्द गराउन आन्दोलनकारी आए उनीहरुलाई लखेट्ने भएका छन् । दुई देशका व्यापारीले भारतीय भन्सार प्रमुख, सुनौली इलाकाका एसएसबी प्रमुख र भारतीय प्रमुखहरुको रोहवरमा सहमति गरेका थिए । यसैबीच सहमति भएपछि आज तीन ट्यांकर पेट्रोल, १ अक्सिजन र एक ग्यास बोकेका ट्रक र खाद्यान्नसहितका १५ वटा ट्रकहरू नेपाल भित्रिएका छन् भने अहिले सीमामा आवत जावत गर्ने सवारी साधन वारपार गरिरहेका छन् ।

Womui
Womui