मोर्चाका कार्यकर्ताले गरे ट्रकमा आगजनी

33

सिरहा, असोज १२

संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सोमबार राति सिरहाको मिर्चैयास्थित ग्यारेजमा राखिएको एक ट्रकमा आगजनी गरेका छन् । उनीहरुले मिर्चैयाको कटारी चोकस्थित मुन्ना ग्यारेजमा राखिएको ना४ख५९८४ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । ट्रकमा आगजनी भएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिएको थियो । आगजनीबाट ट्रकको सिट जलेर नष्ट भएको छ भने इन्जिनमा केही क्षति पुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

Womui
Womui