भारतीय हस्तक्षेप विरुद्ध बिद्यार्थी यसरी उत्रिए सडकमा

134

नेपालगन्ज, असोज १०–
भारतीय हस्तक्षेप विरुद्ध बिद्यार्थीले नेपालगन्जमा बिरोध प्रर्दशन गरेका छन् । ‘ब्याकअफ इण्डिया’ अभियान अन्र्तगत नेपालगन्ज सचेत युवा बिद्यार्थीको अगुवाईमा बिद्यार्थीले आइतबार बिहान स्वतः स्र्फुत प्रर्दशन गरे । सुर्खेतरोड स्थित गणेशमान चोकबाट सयौंको संख्यामा रहेका बिद्यार्थीहरु प्रर्दशन गर्दै विपी चोक सम्म पुगेका थिए ।
1
राष्ट्रिय झण्डा, व्यानर र विभिन्न प्लेकार्ड बोकेका बिद्यार्थीले भारतविरुद्ध चर्का नाराबाजी लगाए । प्रर्दशनमा मधेसी युवाहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । भारतले नेपालको स्वतन्त्रतामा हस्तक्षेप गरेका कारण सडकमा आउन बाध्य भएको बताउँदै बिद्यार्थीले भोको पेटमा पनि भारतविरुद्ध लड्न तयार रहेको चेतावनी दिए ।2कोण सभालाई विभिन्न बिद्यार्थी संगठनका अध्यक्ष तथा पदाधिकारीले सम्बोधन गरेका थिए । बिद्यार्थी नेता मोहित शाह, तुलसीमणि केसी, भरत रावल, धर्मराज बडुवाल, भिमराज खरेल, पुर्ण शाही लगायतले सम्बोधन गरे । कोण सभा सञ्चालन सचेत युवा विजय मल्लले गरेका थिए ।
4

Womui
Womui