बाबुराम भट्टराईले गरे पार्टी परित्याग

47

काठमाडौं, असोज ९

baburamएमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी सबै पदबाट राजीनामा दिँदै राजीनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई बुझाइसकेको जानकारी
दिए । नयाँ संविधान निर्माणसँग मुलुक नयाँ युगमा प्रवेश गरेको बताउँदै भट्टराईले अब नयाँ शक्तिको आवश्यकता रहेको बताए । आफ्नो आगमी योजना बारे बताउँदै उनले समान विचार राख्ने साथीहरुसँग छलफल गरी अघि बढने बताउँदै आफू मुलुकको स्वाधिनता, भौगोलिक अखण्डता, लोकतन्त्र र समानुपातिक सहभागिताका लागि आफू प्रतिबद्ध रहेको समेत बताए । त्यसैगरी भारतले नेपालको संविधानप्रति असन्तु्ष्टि प्रकट गरेकोमा आपत्ति जनाउँदै उनले यो नेपालको आन्तरिक मामिला भएको र कसैको हस्तक्षेप स्वीकार नगरिने बताए ।

Womui
Womui