प्रधानमन्त्री कोइराला टिकापुरमा

68

नेपालगन्ज, असोज ९–
प्रधानमन्त्री सुशील कोइराला आज बिहान कैलालीको टिकापुर पुगेका छन् । टिकापुरको पछिल्लो अवस्था बुझ्न उनी बिहान टिकापुर प्रस्थान गरेका हुन् । सीमांकनको विरोध गर्दै आन्दोलनरत थरुहट र मधेसी मोर्चाको आक्रमणमा परी एक महिना अघि टिकापुरमा ८ सुरक्षाकर्मीसहित ९ जनाको ज्यान गएको थियो । त्यसपछि सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गरेको थियो । टिकापुरपछि प्रधानमन्त्री कोईराला आजै भैरहवा र नवलपरासी पनि पुग्ने उनको निजि सचिवालयले जनाएको छ ।

Womui
Womui